काठमाडौको ११ अर्पाटमेन्टमा नबस्नुस :- विशेषज्ञ

काठमाडौको ११ अर्पाटमेन्टमा नबस्नुस :- विशेषज्ञ

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं,२२ वैशाख ।
सहरी विकास तथा भवन निर्माण विभागको विज्ञ टोलीले काठमाडौं उपत्यकाभित्रका ७० मध्ये १५ वटाको प्रारम्भिक निरीक्षण सम्पन्न गरेको छ। निरीक्षण गरिएका १५ अर्पाटमेन्टमध्ये १० वटालाई विस्तृत मर्मत संहारपछि बस्न मिल्ने भन्ने सुझाव दिएको छ भने धापासीस्थित पार्क होराइजनलाई सबैभन्दा ज्यादा क्षतिग्रस्त भन्दै बस्नै नमिल्ने सूचीमा राखिएको छ।

महाभूकम्पपछि सरकारले विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर सागर जोशीको नेतृत्वमा ६ जनाको विज्ञ टोली खटाएको छ ।निरीक्षण टोलीमा खटिएका वरिष्ठ इञ्जिनियर जोशीले सेतोपाटीसँग भने, ‘अहिलसम्मको निरीक्षणको क्रममा बस्न लायक छैन भनेर धापासीको पार्क होराइजनलाई मात्र ‘रेड स्टिकर’ टास गरिएको छ। यो अर्पाटमेण्ट अहिलेसम्मको निरीक्षणमा सबैभन्दा ज्यादा क्षतिग्रस्त देखिएको छ।’

यो पार्क होराइजन राजधानीमा बनेका महङ्गा अर्पाटमेन्ट मध्येको एक हो। विभागको विज्ञ टोलीले यो अर्पाटमेन्टलाई ‘रेड’ मार्क गरेपछि यसमा बसिरहेका अधिकाशं मासिनहरू अन्योलमा परेका छन्।

निरीक्षणको क्रममा १५ मध्ये ४ वटा अर्पाटमेन्टले अहिलेनै बस्न योग्य भनेर ‘ग्रिन स्टिकर’ पाएका छन्। ती सबै अर्पाटमेन्ट १० तलाभन्दा कमका हुन्। यसरि ग्रीन स्टिकर पाउनेमा ओरियन्टल अर्पाटमेन्ट धापासी, इन्द्रेणी भाटभटेनी, भाटभटेनी अर्पाटमेन्ट र लाजिम्पाटस्थित इएसिएच टावर रहेका छन्।

भूकम्पपछि राजधानीमा निर्माण भएका अग्ला अर्पाटमेन्टहरुमा पस्न र बस्न लायक छ कि छैन र, कति क्षति पुगेको छ भन्ने निरीक्षणका लागि सरकारले विभागका विज्ञहरुको टोली खटाएको हो। अहिलेको अवस्थामा अर्पाटमेन्ट नभत्किएकै भए पनि १० तलाभन्दा माथिका अर्पाटमेन्टमा बस्न नजान सर्वसाधरणलाई सरकारी विज्ञ टोलीले सुझाव दिएको छ।

यी बाहेक हात्तिवनस्थित सिटी स्केच, धुम्बाराहीको ग्राण्ड, धापासीको ग्राण्ड लगायतका अर्पाटमेन्टमा गरिएको निरीक्षण गर्दा ‘अर्पाटमेन्टमा स्टक्चरल समस्या’ नदेखिए पनि गाह्रो भत्किएको, केही भागमा चिरा परेको लगायतका समस्या देखिएकाले ‘पँहेलो स्टिकर’ टास गरिएको छ।

पँहेलो स्टिकर टास गरिएका अर्पाटमेन्टलाई अझ विस्तृतमा अध्ययन गरी त्यसका आधारमा मर्मत गर्नु पर्ने समेत विज्ञ टोलीको सुझाव छ ।सहरी विकासविद् तथा सहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापाले सरकारले यसरी गरिरहेको निरीक्षणलाई अत्यन्तै सकारात्मक कार्य भएको बताएका छन् । ‘काठमाडौं उपत्यकामा स्थानको अभाव वढिरहेको छ ।

त्यसको विकल्प भनेको अर्पाटमेन्ट नै हो । त्यसैले हामीले जतिसक्दो धेरै अर्पाटमेन्ट कल्चरलाई नै प्राथमिकता दिनुपर्छ’ थापाले भने, ‘यति ठूलो भूकम्प जादा अलिअलि समस्या देखिनुलाई स्वभाविक रुपमा लिनु पर्छ। मर्मत गर्न मिल्ने अपार्टमेन्ट भए मर्मत गरेर मानिसलाई बस्न योग्य छन् भनिदिनु पर्छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी