काठमाण्डौंका स्कुलमा पढ्न डराउन थाले विद्यार्थी

काठमाण्डौंका स्कुलमा पढ्न डराउन थाले विद्यार्थी

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख २२ काठमाण्डौं । आम्मै यदी शनिबार नभएको भए, स्कुल लागेको भए के हुन्थ्यो होला ! यो त भगवानले नै बचाएको हो । यसरी कुरा गर्ने मानिसहरु धेरै स्कुलका अभिभावकहरु हुन् जो बैशाख १२ को महाभूकम्प पछि कुराकानीमा यस्ता प्रसंगहरु निकाल्दथे । अहिले पटक पटक भूकम्प गईरहेको सन्दर्भमा प्राय: भवन चर्किएको तथा कतिपय भत्किएका कारण स्कुल तथा क्याम्पसमा जान समेत धेरै विद्यार्थीहरु डराईरहेको देखिएको छ । कतिपय उपत्यका छाडेर गएका विद्यार्थीहरुको त बाहिरै भर्ना हुन पनि थालेको खबर छ । काठमाण्डौं मैतीदेवीको युनिभर्सल , बसुन्धराको मोर्गन सहित धेरै स्कुल क्याम्पसमा क्षति पुग्नुका साथै विद्यालयहरु चर्किएका कारण विद्यार्थी स्कुलजान डराईरहेका छन् भने अभिभावकहरु पनि के गर्ने कसो गर्ने अवस्थामा छन् । अर्कोतिर ठूला अपार्टमेन्टका छेउमा भएका स्कुलमा त झन धेरै त्रास फैलिएकोले स्कुल आगामी जेठ १ गतेबाट सञ्चालन भए पनि पूर्ण रुपमा विद्यार्थीहरु फर्कन सक्ने संभावना भने कम देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी