काठमाडौं, २२ वैशाख।
हिमानी ट्रष्टले भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । हिमानी ट्रष्टले मंगलबार ललितपुर उपमहानगरपालिकाको वडा नम्बर २३, २४ र २५ का १ सय ५ परिवारलाई राहत वितरण गरेको हो ।
धापाखेल क्षेत्रका भूकम्प प्रभावितहरुले राहतस्वरुप प्रति परिवार ३० किलो चामल, ५ केजी दाल र एक किलोको प्याकेट नुन पाएका छन् ।
ट्रष्टकी कोषाध्यक्ष शिताष्मा शाहले राहत वितरण गर्नुभयो । राहत वितरण कार्यक्रममा ट्रष्टकी अध्यक्ष हिमानी शाह भने अनुपस्थित हुनुहुन्थ्यो ।
ट्रष्टले बुधबार काठमाडौको सुन्दरीजल क्षेत्रका भुकम्प प्रभावितहरुलाई राहतस्वरुप पाल र अन्य सामाग्री वितरण गरिने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline