काठमाडौं, २२ वैशाख
गत शनिबार गएको विनाशकारी भूकम्पमा परी मुलुकभर हालसम्म मृत्यु हुनेको संख्य सात हजार ५ सय ६६ पुगेको गृहमन्त्रालयले जनाएको छ ।
गृहले दिएको जानकारी अनुसार भूकम्पबाट घाइते हुनेको संख्या १४ हजार ५ सय ३६ रहेको छ । भूकम्पका कारण आम नागरिकका एक लाख ९१ हजार ५८ घर पूर्ण रुपमा क्षति भएको छ ।
यस्तै ७५ हजार १ सय ६२ घर आंशिक रूपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ । सबै भन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्य दुई हजार ८ सय ३८ पुगेको छ । यस्तै काठमाडौंमा एक हजार २ सय २, नुवाकोटमा ७ सय ९८, धादिङमा ६ सय ८० र रसुवामा ४ सय ३३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यसैबीच नुवाकोटमा विनाशकारी भूकम्पमा परी घाईते भएका थप एक जनाको मृत्यु भएको छ । नुवाकोटको कुमरी गाविस वडा नं. ४ डााडा गाउाका ६२ वर्षीय झम्का कुमारी ढुङ्गेलको हिजो सााझ मृत्यु भएको हो ।
घाईते ढुङ्गेलको आवश्यक उपचारका लागि अस्पताल लैजान नसक्दा मृत्यु भएको स्थानीय घनश्याम मुडबरीले जानकारी दिनु भएको छ । यस्तै भूकम्प प्रभावित क्षेत्रमा आज पनि भाग्नावशेशमा पुरिएका शव उत्खनन् गर्ने र राहत वितरणको जारी रहेको गृहमन्त्रालयका प्रवक्त लक्ष्मी प्रसाद ढकालले बताउनु भयो ।
यद्यपी दुर्गम गाउाका पिडितहरुले अझै राहत नपाएको गुनासो गरिरहेका छन् । पाएकाहरुले पनि राहत समाग्री अपुग रहेको बताएका छन् ।