२१ वैशाख, काठमाडौं । नेपालका लागि क्रृण तथा अनुदान दिने प्रमुख निकाय एशियाली विकास बैंक (एडीबी)ले भूकम्पबाट भत्किएका भौतिक संरचनाहरु पुननिर्माणका लागि २० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एडीबीको अजरबैजानमा आयोजित ४८औं वाषिर्क वैठकले नेपाललाई सहयोग गर्ने निर्णय गरेको हो । सो बैठकमा नेपालका अर्थमन्त्री डा राम शरण महत पनि सहभागी थिए । एडीबीले भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन ३० करोड रुपैयाँ सहयोग दिईसकेको छ ।
नेपालले भत्किएका संरचनाहर पुननिर्माणका लागि २ खर्ब रुपैयाँको कोष खडा गरेको छ । उक्त कोषमा नेपाल सरकारले २० अर्ब रुपैयाँ जम्मा गरेको छ । बाँकी रकम दातहरुबाट संकलन गर्ने लक्ष्य राखिएको छ । भूकम्पबाट विभिन्न जिल्लामा लाखौं मानिसका घरहर, विद्यालयहरु तथा क्याम्पस, स्वास्थ्यचौकी, ऐतिहासिक सम्पदा, सरकारी भवन, सडक, पुल लगायतका संरचनाहर भत्किएर ध्वस्त भएका छन् । एडीबीको सहयोगसँगै सरकारको पुननिर्माण कोषमा ४० अर्ब रुपैयाँ पुगेको छ ।