काठमाडौँ २२ बैशाख ।
भर्खरै नेपालमा गएको भूकम्प पछि भारतीय मिडियाहरुमा पाकिस्तानले गाईको मासु राहतमा पठाएको भनेर आलोचना भयो । तर विचित्रको कुरा के छ भनै दैनिक २५ हजार गाई काटेर भारतीयहरुले खाने गरेको सार्वजनिक भएको छ ।
नेपालमा आज भोलि गाईको मासु खाने चलन खुलेरै पनि बढेको छ , लुकिछिपि पहिला पनि खाने चलन थियो । तर गाई काटेकै कारण नेपालमा निकै मानिसहरु जेल गएका छन् कारण हिन्दुहरुले गाईको पूजा गर्नु र यो राष्ट्रिय जनावारको रुपमा रहनु ।
लगभग भारतको पनि धेरै राज्यमा गाई काट्न प्रतिवन्ध छ तर पछिल्लो समय भारतमा दैनिक ६१ लाख किलो गाईको मासु विक्री हुने गरेको एक तथ्याङकले देखाएको छ ।
महाराष्ट्र लगायतका अधिकाश भारतीय राज्यहरुमा गाई काट्न सन् १९७६ देखि नै प्रतिवन्ध रहेको छ तर पनि यसरी गाईको मासु विक्री भईरहनुले त्याहाको कानुनले गाई खान पूर्ण निस्तेज नगरेको स्पष्ट हुन्छ । २९ राज्य मध्य २४ वटामा गाई काट्न गैरकानुनी हुन्छ ।
भारतको नेपाली सिमासग‘ जोडिने विहारमा भने गाई काट्न प्रतिवन्ध छैन । एक सरकारी स्रोतका अनुसार पाकिस्तानमा काटिने गाई मध्य ७० प्रतिशत गाई भारतबाट तस्करी हुने गरेको छ ।
हजारौ गाईहरु नेपालबाट समेत भारत हुदै पाकिस्तान सम्म पुग्ने गरेको बताईन्छ । यसरी गाई काट्ने खाने प्रवृति बढे पछि भारतमा सन् २००७ को तुलनामा सन् २०१२ मा गाईको संख्यामा एक चौथाईले कमी भएको छ ।
विश्व हिन्दु परिषद्का केन्द्रीय मन्त्री तथा गाई रक्षा प्रमुख खेमचन्द्र शर्माले भारतमा एकै दिनमा २० देखि २५ हजार गाई पाक्ने गरेको बताएका छन् । दुधालु गाई समेत काटेर खाने क्रियाकलाप वृद्धि भए पछि भारतले लक्ष्य अनुसार दुध समेत उत्पादन गर्न सकेको छैन ।
