भत्किएको भवनबाट साढे २ करोड रुपैयाँ निकालियो

भत्किएको भवनबाट साढे २ करोड रुपैयाँ निकालियो

  • सोमवार, बैशाख २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ ,२१ वैशाख ।

शनिवार गएको भुकम्पले बालाजुस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालयको भवन भत्किएर पुरिएको झण्डै साढे २ करोड रुपैयाँ निकालि बैंकका अधिकारीहरुलाई बुझाईएको छ । वैशाख १२ गते गएको भूकम्पले बालाजुस्थित २ तले बैंकको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मीको टोलीले २ करोढ ४८ लाख ८५ हजार ४०१ रुपैयाँ, २ हजार ८७९ यूएस डलर र ७१ थाई भाट रकम बैंकका अधिकारीहरुलाई जिम्मा लगाइएको हो ।

सशस्त्र प्रहरीका अनुसार भत्किएको संरचना भित्र ढलान काट्दै र खोजी गर्दै एपीएफको उक्त टोली भित्र पसेपछि भग्नावसेसको टुक्राहरु बाहिर फाल्न अन्य टोलीहरुले सघाएको थियो ।

एपीएफ टोलीले भित्र पसेपछि पैसा राख्ने सेफ तथा लकरहरु समेत फेला र्पायो । त्यहाँसम्म जाने सुरक्षित बाटो बनाएपछि बैंकको कर्मचारी तथा अन्य टोलीहरुलाई समेत त्यस ठाउँसम्म र्पुयाएको थियो ।

त्यसपछि उक्त एपीएफ टोलीले सबैको रोहवरमा सेफ तथा लकर काटेर रकम निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी