भूकम्प पीडितका लागि अभिनेत्री लुम्लेले गरिन, एकै दिन तीन अर्ब संकलन

भूकम्प पीडितका लागि अभिनेत्री लुम्लेले गरिन, एकै दिन तीन अर्ब संकलन

  • बिहिबार, बैशाख १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ १७ वैशाख ।

नेपालका भूकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले सुरू गरेको राहत संकलन अभियानमा एकै दिन तीन अर्ब रुपैयाँ संकलन भएको छ ।

ले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी ९डिइसी० लेमंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो । सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् ।

डिइसीमा शुरुमा उठेको उठेको करिब ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको बेलायतबाट प्रकाशित नेपाली कम्युनिटी पोर्टल वी नेपालीले जनाएको छ ।

‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट संकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।

जोअना लुम्ले सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् । उनलाई गोरखालीकी छोरी भन्ने गरिन्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार शनिबार आएको भुकम्पबाट असी लाख नेपाली प्रभावित भएका छन् । कमिटीका कार्यकारी निर्देशक सालेह सइद भन्छन्, “बेलायतका जनताले प्रकोपबाट जीवन तहसनहस भएका मानिसहरुलाई सहयोग गरेर फेरि एकपटक उदार मन देखाएका छन् ।

” नेपालको भुकम्पका लागि उठेको यो सहयोग राशीले यसअघि फिलिपिन्समा आएको आाधी, पूर्वी अफ्रिकाको समस्या, हैटीको भुकम्प र पाकिस्तानमा आएको बाढीमा प्रभावितहरुका लागि युकेमा संकलन भएको सहयोग राशीको रेकर्डलाई तोडेको छ ।

बेलायतमा यसबाहेक पनि धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नेपालीहरुले नेपालका भुकम्प पीडितहरुको लागि सहयोग संकलन गरिरहेका छन् । तिनीहरु सबैले संकलन गरेको सहयोग जोड्ने हो भने अर्बौ हुन जान्छ ।

यसअघि मंगलबार अभियानको घोषणा गर्दै लुम्लेले भनेकी थिइन्, ‘ नेपालहजारौं वर्षदेखिको प्राचीन सँस्कृति बोकेको मुलुक हो तर, भुकम्पको केहीसेकेण्डको झट्काले यसको इतिहास माटोमा मिलाइदियो ।

भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव बर्षों रहने छ ।’उनले थपिन्,’मेरा पिताले गोरखाहरुसित काम गर्नुभो, गोरखाहरुले दुईसयवर्षसम्म बेलायतका लागि आफ्नो ज्यान आहुती दिए अब उनीहरुलाई सहयोग गर्ने हाम्रो पालो आयो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी