बैशाख १६ काठमाण्डौं । अहिले महाभुकम्प पछि घाईते भएका धेरैको उपचारमा समस्या भएको छ ।
सरकारले सबैको निशुल्क उपचार गर्ने घोषणा गरे पनि अस्पतालहरुमा कुनै पनि परिपत्र गरेको छैन । जसले गर्दा अस्पतालहरुले अत्यावस्यकीय उपचार बाहेक ठूला उपचारहरुमा कठिनाई भोग्नु परेको देखिएको छ । अस्पतालले औषधी र सामाग्रीहरु खरीद गर्दा तत्काल पैसा चाहिने तर सरकारले आर्थिक परिपुर्तिको आस्वस्त हुने खालको व्यवस्था नगर्दा समस्या देखिएको छ । पछि सरकारले भुक्तानी दिदैन भन्ने डरले नर्भिक लगायतका अस्पतालहरुले बिरामीहरु बीर लगायतका अस्पतालमा पठाएको बुझिएको छ ।
अल्का अस्पताल जावलाखेलका अध्यक्ष कुमार थापाले सरकारले आवस्यक परिपत्र र आर्थिक व्यवस्थाको विकल्प नदिएकाले सामान्य उपचारमा कसैलाई फिर्ता नगरिए पनि ठूलो उपचारमा निकै कठिनाई हुने बताउनु भयो ।
यद्यपि पीडितहरुको सेवाका खातिर आफुहरुले न्युनतम उपचार निशुल्कै गरीरहेको उहाले जानकारी दिनु भयो ।
सरकारले यस विषयमा तत्कालै सबै निजी अस्पतालहरुलाई आर्थिक प्रवन्ध गर्नु पर्ने या त्यसको परिपुर्ति हुने भरपर्दाे विकल्प दिएमा मात्रै उपचार सजिलो हुने देखिएको छ । यस विषयमा यथाशीघ्र निर्णय हुनु जरुरी देखिएको छ । अन्यथा भूकम्पबाट पीडित धेरै विरामीहरु समस्यामा पर्ने देखिएको छ ।