बैशाख १६ काठमाण्डौं । यत्रो महावित्ति आयो । सरकारले राहत र उद्धारमा केही समस्या छैन भनेको छ । तर राजधानीबाट बाहिर जान चाहने मानिसहरुले सवारी साधन पनि पाउन सकेका छैनन ।
थोरै सवारी साधनले धेरै मानिस ओसार्न नसके पछि युवाहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
हिजो गोगवुको नया बसपार्कका काउन्टरहरुमा तोडफोड भएको थियो भने आज वानेश्वरमा अर्धनग्न प्रदर्शन गर्दै गोली हान्न माग गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री सुशील कोइराला तथा गृहमन्त्री बामदेव गौतमका विरुद्ध नाराबाजी समेत गर्दै सडकै बन्द गरेर राहत दिन नसक्ने सरकारले गोली हान्न भन्दै आक्रोस पोखेका छन् ।
बिहानै ४ बजेदेखि नयाँ बानेश्वरको संविधानसभा अगाडी लाइनमा बसेका उनीहरुले अन्तत: गाडी नपाउने कुरा पत्तो पाए पछि विरोध शुरु गरेका थिए ।
मंगलबारदेखि नै निशुल्क गाडीको व्यवस्था गरिएकाले सबैलाई बानेश्वर आउन आग्रह गरे पछि मानिसहरु त्याहा जम्मा भएका थिए । तर उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले गाडीको व्यवस्था नगरे पछि उनीहरुले आन्दोलन गरेका हुन् ।