काठमाडौ, १२ वैशाख । वरिष्ठ गीतकार तथा गायक प्रेमप्रकाश मल्लको गएराति नेपालगन्जमा निधन भएको छ । लामो समयदेखि पक्षघातबाट पीडित उहाको ७९ वर्षको उमेरमा नेपालगञ्ज स्थित मेडिकल कलेजमा उपचारको क्रममा गएराति निधन भएको हो ।
पक्षघातका कारण उहा लामो समयदेखि बोल्न तथा हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । श्रीमती र छोराको निधनपछि नेपालगञ्ज धम्बोजी स्थित छोरी बानीश्रीको घरमा बस्दै आउनु भएका गायक मल्लको आज अन्त्येष्टि गरिने पारिवरिक स्रोतले जनाएको छ ।
उहाको माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ बोलको गीत निकै लोकप्रिय छ । त्यस्तै उहाँको रचनामा शिव शंकर मानन्धरले गाउनु भएको म मरे पनि मेरो देश बाँचिरहोस् बोलको गीत पनि नेपाली समुदायमा उतिकै चर्चित छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline