११ वैशाख, काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका २०७२ स्वीकृत गरेपछि सरकारलाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला भएको हो ।
यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक लगाएको थियो । विगतमा व्यक्ति मार्फत पठाएकामा अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउने व्यवस्था गरिएको छ ।
ब्यक्तिगत रुपमा पठाउादा समस्यामा परेमा जिम्मेवारी लिने कोही नहुने भएकाले त्यसरी पठाउन रोकिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । घरेलु कामदार पठाउने म्यापावरलाई वैदेशिक रोजगार विभाग मार्फत छुट्टै सूचीकृत गरिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline