दाम्पत्य जीवन आफैमा सुख र खुसीले भरीपूर्ण होस् भन्ने सबैको चाहना हुन्छ । एक पुरुष र महिलाबीच भावनात्मक मात्र हैन भौतिक सम्बन्ध पनि विवाह पश्चात हुन्छ । त्यस पछि सबैको चाहना हुन्छ सबै कुरा राम्रो होस् । यदी तपाई पनि यस्तै चाहनु हुन्छ भने केही वास्तु टिप्सहरु ध्यान दिनुस् है ।
पहिलो कुरा बेडरुम घरको दक्षिण पश्चिममा राख्नुहोस् । यसो गर्दा यो दिशा निन्द्राको लागि शान्तिपूर्ण स्थिति प्रदान गर्ने खालको हुन्छ । धेरै बरन्डाहरु छन् भने त्यसको छेउमा पनि आफ्नो बेडरुम नराख्नु्स् किन कि तपाईलाई जतिखेर पनि अरुले आफ्नो गतिविधि नियालीरहेको छ कि जस्तो लाग्न सक्छ । दम्पत्ति सुत्ने खाट या पलङ ढोकाको छेउमा नराख्नुहोस् यसले आपसी सम्बन्धमा तनाव सृजना गर्नुका साथै एक अर्काप्रतिको सहयोगमा कमी आउन सक्छ । एकै बेडमा अलग अलग डस्ना र तन्नाको प्रयोग गर्नु पनि अलगावको संकेत हुने हुनाले त्यसको पनि प्रयोग नगर्नुहोस् । भर्खरै विवाह गर्नु भएको छ भने तपाईको लागि न‘या ओछ्यान आवस्यक हुन्छ । यदी त्यसो संभव नभएमा तन्ना पर्दा , सिरानी र सिरकको खोल कम्तीमा न‘या प्रयोग गर्नुस् , यसले तपाईको दाम्पत्य र पारिवारीक जीवन सुखी र प्रभावशाली बनाउन सक्छ भन्ने वास्तु शास्त्रीहरुको सुझाव रहने गरेको छ ।