शिक्षकले ६ महिनादेखि पारिश्रमीक पाएनन्

शिक्षकले ६ महिनादेखि पारिश्रमीक पाएनन्

  • आइतवार, बैशाख ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

राजधानीको मध्यबानेश्वर स्थित भूपि सेरचन मार्गमा अवस्थित एक निजी विद्यालयका शिक्षकहरुले विगत ६ माहिनादेखि पारिश्रमिक पाएका छैनन । नन्द प्रसाद लम्सालको नाममा रहेको माउन्ट सिनाई बोर्डिङ स्कुलका करिब १९ जना शिक्षक तथा कर्मचारीहरुले पारिश्रमिक नपाएका हुन ।

२०७१ चैत ३० को मिति राखेर गत माग अन्तिममा शिक्षकलाई चेक दिइएको भएपनि बैंकले पैसा नदिइ फिर्ता पठाइएको शिक्षक दिवस निरौलाले बताउनु भयो । यसपछि पनि पटक पटक चेक दिइए पनि चेक बाउन्स हुदै आएको थियो । आफूहरुको पारिश्रमिकको माग गर्दै काठमाडौ स्थित जिल्ला शिक्षा कार्यलय पुगेपनि शिक्षा कार्य लयबाट पनि आफूहरुको मागको सम्बोधन नभएको पिडित शिक्षकहरुले बताएका छन् ।

चैत ३० मा पैसा बैंकबाट नदिएपछि आजको मितिका लागि बोलाइएकोमा पुनह आज विद्यालय व्यस्थापन समितिका सिताराम केसीले वैशाख १४ गते मात्र पैसा निकाल्न जानु भनी शिक्षकहरुलाई म्यासेज गरेका छन । उता केसीले भने करीब २ करोड मागि लगानी रहेको र हाल घाटामा रहेकाले शिक्षकहरुलाई तलब दिन ढिलाई भएको तर १४ गते सम्म दिए सक्ने रेडियो मिरमिरलाई बताउनु भयो ।

हाल उक्त विद्यालय राजन लम्सालको नाममा सन्चालन भइरहेको र नन्द प्रसाद लम्साल भने फरार रहेको शिक्षहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी