ट्राफिक नियम उल्लङ्घन गर्ने १४० चालक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने १४० चालक कारबाहीमा

  • शनिबार, बैशाख ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

चितवन, ५ वैशाख ।

चितवनमा नियम उल्लङ्घन गर्ने १४० जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय चितवनले २४ घन्टामा विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।

कारबाहीमा परेका १४० जनाबाट रु ७६ हजार राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जानकारी दिएको छ ।
सिट बेल्ट नलगाउने, हेलमेट नलगाई सवारी चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, जथाभावी पार्किङ गर्नेलगायतलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

जसमा चार जना मापसे गरेर सवारी चलाउने पनि रहेका छन् । चितवनका ट्राफिक प्रहरी प्रमुख रमेशराज भेटवालले आफ्नै नेतृत्वमा यहाँ दिनको दुई समय आफ्नै नेतृत्वमा जाँच गर्ने गरिएको बताए ।

अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाएपछि करिब ३० प्रतिशत सवारी दुर्घटना कम गर्न सफल भएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए ।

ट्राफिक प्रहरीले अघिल्लो महिनामा मापसेविरुद्ध चलाएको अभियानका क्रममा करिब रु नौ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी