ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लागेन

ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लागेन

  • शनिबार, बैशाख ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जुम्ला, ५ वैशाख ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि आउने बिरामीमा ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लाग्ने सकेको छैन ।

अस्पतालमा उपचारका लागि आउने बिरामीमा मौसमी फ्लु र स्वाइन फ्लु भएका रोगीको लक्षण उस्तैउस्तै देखिने भएपछि ल्यावटेस्ट किट नहुँदा कुन रोग हो भन्ने कुरा प्रमाणित गर्न नसकिएको निमित्त मेडिकल डाइरेक्टर चिकित्सक सूर्यमान लिम्बूले बताएका छन् ।

उहाँले अहिले अस्पतालमा हरेक दिन सयौँ बिरामी आउने गरेको र अधिकांश बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, जीउ दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएको बताएका छन् ।

ल्यावटेस्ट किटका लागि जिल्ला स्वास्थ्य कार्यालय जुम्लालाई पत्रचार गरिसकेको र दुई चार दिनभित्र आइपुग्ने उहाँको भनाइ छ ।

छिमेकी जिल्ला जाजरकोटबाट मान्छेको आवतजावत हुने र रोग छिट्टै फैलिन सक्ने सम्भावना बढी भएकाले समयमा नै सर्तकता अपनाउन कर्णाली विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सर्वसाधारणलाई अपिल गरेको छ ।

यस्ता प्रकारका सङ्क्रमणबाट बच्नका लागि खानेपानी तथा सरसफाइमा ध्यान दिने, झोलिलो चीज खाने, मान्छेको भीडभाडमा नजाने, मुख छोप्ने वा माक्सको प्रयोग गर्नुपर्ने सुझाव चिकित्सक लिम्बूले दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी