शुल्क वृद्धि बिरुद्द क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने

शुल्क वृद्धि बिरुद्द क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ ४ बैसाख।

नेत्र बिक्रम चन्द “निप्लव” नेतृत्वमा रहेको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारी मात्रामा गरिएको शुल्क वृद्धि खारेजी गर्नु पर्ने मनोमानी ढंगबाट शुल्क असुल्ने कार्य रोक्नु पर्ने लगाएतका माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोसणा गरेको छ।

क्रान्तिकारी द्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ । शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्नु जनताको चाहना संगै आजको देशको आवश्यकता पनि हो । तर जिम्मेवारीमा बसेका निकायहरुको गैर जिम्मेवारीपना र लाचारीपनाले आज देशको शिक्षा क्षेत्र विकृति र विसंगतिको खाल्डोमा भासिन पुगेको छ ।

संविधानतः शिक्षा नागरिकको नैसर्गिक अधिकार र राज्यको दायित्व हुनेछ भन्ने विषय उल्लेख गर्ने तर व्यवहारिक कार्यन्वयनमा लिदा नाफामुखी व्यपारको रुपमा संचालन गर्ने, आधारभुत जनताको पहुँचबाट प्राविधिक शिक्षा टाढा राख्ने, कार्य भैराखेको छ ।

जसबाट पैसावालाले पढ्न पाउने, गरीव किसान वर्गका छोराछोरीले शिक्षाबाट वन्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।
पछिल्ला दिनहरुमा राज्यको गलत नीति र नियतका कारण ऋत्भ्ख्त् आर्थिक चलखेल गर्ने र अराजताको केन्द्र वनेको अनुभूति आम नागरिकले गरेका छन् ।

CTEVT का पदाधिकारीको गलत नियत र आर्थिक चलखेलका कारण विद्याथीको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने, भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने, सहजढंगबाट प्राविधिक शिक्षामा जनताको पहुँच गराउने विषय ओझेलमा परेका
छन् ।

यस रवैयाबाट शैक्षिक व्यापारीहरुको मनोवल बढेको छ, वेथिति वढेको छ र बिद्यार्थीहरुलाई ब्यापार गर्नक लागि फाइदाको
सजिलो बस्तु बनाउन खोजिएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य छबि थापाले दिएको जानकारी अनुसार क्रान्तिकारीले मापदण्ड विपरीत सम्वन्धन दिन नहुने लगायतका माग राखी ज्ञापनपत्र वुझाउने, घेराउ गर्ने, ध्यान आर्कषण गराउने लगायतका शान्ति पूर्ण संयमित आन्दोलनका विभिन्न रुपहरु अपनाई सकिएकोले अब कडा खालका संघर्षका कार्यक्रम लिएर जाने निर्णय भएको छ  ।

संघर्षका कार्यक्रमहरुमा वैशाख ३ गते क्षेत्रीय कार्यलयमा तालावन्दी गर्ने वैशाख ४ गते CTEVT मा कालो झण्डा गाड्ने ।वैशाख ५ गते सवै कलेजहरुका लेखा शाखामा तालवन्दी गर्ने । वैशाख ६ गते देखि प्रतिरोध संघर्ष गर्ने ।

त्यस्तै सम्बधित पक्षले मागको सम्बोधन नगरेको खण्डमा वैशाख १० गते देखि CTEVT का शैक्षिक संस्थाहरुमा अनिश्चित कालीन हड्ताल गर्ने कार्यक्रम समेत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी