दलित महिला प्रति नेपाली राजनितीक पार्टी गम्भिर नभएको आरोप

दलित महिला प्रति नेपाली राजनितीक पार्टी गम्भिर नभएको आरोप

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

धनगढी,३ वैसाख ।

दलित महिला संघकी संस्थापक सदस्य तथा वरिष्ठ केन्द्रिय सदस्य रेणु सिजापतिले दलित महिला प्रति नेपाली राजनितीक पार्टि गम्भिर नभएको आरोप लगाईकी छन् ।

दलित महिलालाई सुसोचित बनाउने र उनीहरुको क्षमता अभिवृद्धि गराउने उदेश्यका साथ आयोजना गरिएको दुई दिने तालिमको उद्धधाटन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

नेपाली राजनितीमा दलित महिलाले महत्वपुुर्ण योगदान पुर्याए पनि उनिहका मुद्यामा राजनितीक पार्टि गम्भिर छैन्न् उनले भनिन् ‘यो राजनितीक पार्टिको अन्याए हो’ ।

उनले नेपाली राजनितीक पार्टिमा दलित महिलाको अर्थपुर्ण सहभागिता नभए सम्म महिलाका मुद्धा सम्बोधन हुन नसक्ने बताईन् ।

कार्यक्रममा वोल्दै फेडोकी व्यवस्थापक लक्ष्मी न्यौपानेले देशलाई जातिय छुवाछुत मुत्त धोषणा गरिए पनि अझै जातिय विभेदका घटनामा कमि नआउनु निकै दुखत भएको बताईन् ।

दिगो शान्तीका लागी राजनितीमा दलित महिलाको अर्थपुर्ण सहभागिता परियोजना अन्र्तगत धनगढीमा २ दिने तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागी बाँके कञ्चनपुर र कैलालीका करिब ५० बढी दलित महिलाहरुलाई वरिष्ठ केन्द्रिय सदस्य सिजापती र व्यवस्थापक न्यौपानेले प्रशिक्षण दिईरहेका छन् ।

दलित महिला संघ कैलालीकी कार्यवाहक अध्यक्ष सविना सुनारको अध्यक्षतामा उद्धाटन तालिम २ दिन सम्म चल्ने दलित महिला संघ कैलालीका संयोजक विनोद धिमिरेले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी