होटल,पसलमा छड्के अनुगमन, म्याद गएका खाध्य बस्तु बरामद

होटल,पसलमा छड्के अनुगमन, म्याद गएका खाध्य बस्तु बरामद

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

रोल्पा ३ बैसाख।

रोल्पा लिबाङ बजारका होटल तथा पसलको विहिबार छड्के अनुगमन गरिएको छ । सदरमुकाम लिबाङमा सञ्चालित होटल तथा पसलहरुको बैधानिकता, मुल्य सुचि, विक्रिका लागि राखिएका खाध्यबस्तुको म्याद,सरसफाई लगायतका कुरालाई मध्यनजर गरेर अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी याम बहादुर वुढा मगरको नृत्वमा खटेको अनुगमन टोलीले म्याद गएका विभिन्न अखाध्य वस्तुहरु बरामत समेत गरेको छ ।

अनुगमनको क्रममा विभिन्न पसलबाट तोरीको तेज तेल १३ पोका , दालमोट ४५ पाकेट, फ्रेस भुजा १९ पोका,सानो विस्कुट ६७ पोका, सनराईज गोल्ड विष्कुट ४ पोका बरामत गरेको हो ।

अनुगमनमा केहि पसल तथा होटलहरु दर्ता नभएको केहि होटल पसलहरुमा साइनबोर्ड, विल तथा मुल्य सुचि नराखिएको पाईएको छ ।

त्यस्ता होटल पसलहरुलाई अनुगमन टोलीले चाँडै दर्ता गर्न,विल मूल्य सुचि र पसलको साईन बोर्ड राख्न समेत चेतावनी सहितको सुझाव दिएको छ ।

अनुगमन टालीले दिएको सुझाव अनुसार नगरेको पाईएमा कारवाही गरिने पनि चेतानि दिएको छ । पछिल्लो विभिन्न समयमा रोल्पा जिल्लाको बजार क्षेत्र र होटल पसलहरुमा अनुमगन हुदै आएको छ ।

अनुगमनको क्रम जारि रहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी याम बहादुर बुढाले सुलिचौर, लिबाङ बजार मात्र नभएर अन्य बजार क्षेत्रका होटल पसलहरुमा पनि अनुगमन गरिने बताए ।

अनुगमनमा परेका होटल पसलहरुले सुझाव अनुसारको काम गरे नगरेको पुनः अनुगमन हुन सक्ने पनि उनले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी वुढाको नेतृत्वको उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका कमल पन्थी ,उद्योग बानिज्य सँघका महासचिव रामचन्द्र थापा,जिल्ल पशुसेवा कार्यालयका रुपसिङ राई, खाध्य सँस्थानका कृष्ण प्रशाद गुरागाई, लिबाङ नगरपालीकाका स्यामलाल केसी, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी