१५ जना रोल्पालीहरुको सामुहिक कृति ‘सीमावारि सीमापारि’ संयुक्त गजलसङ्ग्रहको सोमबार साउदी अरेबमा परिचर्चा गरिएको छ ।
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले सोमबार रियादमा नयाँ वर्षको चियापान तथा शुभकामना आदान प्रदान गरेको थियो ।
सोही अवसरमा ‘सीमावारि सीमापारि’को चर्चा गरिएको सङ्ग्रहभित्रका गजलकार बाबुलाल बुढा ‘ढाङ्ढुङे’ले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णबहादुर सुर्तङ्गेमगरले विदेश तथा स्वेदशमा बसेर युवाहरुले गरेको सहकार्यको प्रशंसा गर्दै ‘सीमावारि सीमापारि’ले नयाँ पाठ सिकाएको बताए ।
विदेशी भूमिमा व्यस्ताका बीचमा पनि सिर्जनात्मक कार्यलाई निरन्तरता दिनु निकै चुनौति रहेको बताउँदै उनले संघर्ष र चुनौतिहरुको बीचबाट नै सिर्जना जन्मने बताए ।
कार्यक्रममा १५ जना गजलकारहरुको तर्फबाट बोल्नुभएको थियो । कार्यक्रममा उनले सामाजिक सञ्चालको प्रयोगलाई सदुपयोग गर्दै गजलसंग्रहभित्रका १५ जना गजलकार र भाषासम्पादक डी.बी. टुहुरोसहित १६ जनाले पहिलो चरणमा ८० हजारको अक्षयकोषको स्थापना गरेको समेत जानकारी गराएका थिए ।
नन्दराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केवी पौड्यालले गरेका थिए ।
कार्यक्रममा सहभागी साहित्यकारहरुले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए भने विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबका सदस्य सोनाम पुनलाई आफ्नो २ महिने छुट्टीका लागि घर फर्कनुपर्ने भएकोले बिदाई गरिएको थियो ।