परासीको विद्युत् बक्यौता करिब रु चौध करोड साठी लाख

परासीको विद्युत् बक्यौता करिब रु चौध करोड साठी लाख

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

कावासोती, १ वैशाख ।

नेपाल विद्युत् प्राधिकरण शाखा परासीको करिब रु १४ करोड ६० लाख महसुुल बक्यौता रहेको छ । विभिन्न शीर्षकबाट रकम जम्मा भई ठूलो रकम बक्यौता रहेको विद्युत् कार्यालयले जनाएको छ ।

प्राधिकरणका अनुसार बर्दघाट, त्रिवेणी, सूर्यपुरा र परासी उपवितरण केन्द्रबाट यी बक्यौता रकम असुल हुन बाँकी देखिएका छन् ।

बक्यौता रकममा कुल गार्हस्थ्यतर्फ करिब रु आठ करोड ३८ लाख असुल हुन बाँकी रहेको छ । यसैगरी व्यापारीतर्फ करिब रु चार करोड ४३ लाख, औद्योगिकतर्फ रु एक करोड ५२ लाख, नगरपालिकाको रु एक करोड ८० लाख रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै गैर व्यापारी एवम् सरकारी कार्यालय, सडक बत्ती, सिँचाइ, खानेपानी, मठमन्दिरलगायतको बक्यौता बाँकी रहेको विद्युत् कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ