नयाँ वर्षमा चितवनका अस्सी प्रतिशत होटल बुकिङ

नयाँ वर्षमा चितवनका अस्सी प्रतिशत होटल बुकिङ

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

चितवन, ३० चैत ।

नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन् ।

चितवनको सौराहामा मात्र सानाठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा चारवटा होटल छन् । सबै होटलको कुल क्षमता दुई हजार ७०० रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका कार्यवाहक अध्यक्ष सुमन घिमिरेले बताएका छन् ।

जसमध्ये भरतपुरका पर्यटकीय होटल र नवलपरासीको मध्यवर्ती क्षेत्रमा रहेका ६ वटा होटल पर्दछन् । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले आजदेखि चार दिनसम्मका लागि होटल पूरै बुकिङ भएको बताएका छन् ।

गत वर्षभन्दा यो वर्ष बुकिङ राम्रो रहेको उहाँले बताउनुभयो । मेघौलीको होटल बाराही जङ्गल लजमा पनि सबै बुकिङ भएको छ ।

गत वर्ष ५० प्रतिशत बुकिङ भएकामा यो वर्ष आइतबार साँझसम्ममा ८० प्रतिशत बुकिङ भइसकेको र विभिन्न एजेन्सीबाट सम्पर्क गरिरहेको बताइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरानजिकै रहेको कसरा जङ्गल रिसोर्ट पनि आइतबार साँझसम्ममा ६८ प्रतिशत बुकिङ भइसकेको जनसम्पर्क अधिकृत सागर पौडेलले बताएका छन् ।

चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् ।

पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । पर्यटक बढेसँगै चितवनमा होटलमा लगानी थप्ने क्रम बढेर गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी