धनगढी, २९ चैत।
नेकपा एकालेका सचिव योगेश भट्टराईले नेपालमा जातीय राज्य निर्माण गराउन युरोपेलि युनियनले चलखेल सुरु गरेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यो आरोप लगाएका छन् ।
नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्ने अधिकार कुनै पनि विदेशी शक्तिलाई नभएको बताउदै भट्टराईले युरोपेलि युनियन लगायत अन्य बिदेशी शक्तिहरुलाई कुटनितिक मर्यादा नाघि अभिब्यक्ति नदिन आग्रह गरेका छन् ।
केहि विदेशी शक्तिहरुले नेपालमा तेस्रो संविधान सभाको खोजी गरिरहेको बताउदै सचिव भट्टराईले देशका आन्तरिक तथा जातीय मुद्धामा खेल्ने अधिकार विदेशीलाई नभएको दाबि गरेका छन् ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले संघियताको मुद्धामा हलो अड्केकाले संबिधान जारि हुन नसकेको यर्थाथता स्वीकार गर्दै असहमतीका विषयलाई थाती राखेर भएपनि संविधान जारी गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सचिव भट्टराईले ३० दलिय मोर्चाले संघियताको नाममा जातीय राज्य निर्माण गर्न खोजेको आरोप लगाउदै, भौगोलिक अस्तित्व नै विहिन हुने गरी जातीय राज्य कुनै पनि हालतमा निर्माण हुन नसक्ने बताएका छन् ।