अछाम २८ चैत।
कैलाश बचत तथा ऋण सहकारी संस्था अछामले आफ्नो स्थापनाको ६ वर्षको अवधिमा ४ करोड ३६ लाख ९६ हजार ३ सय ९९ बढी कारोबार गरेको छ ।
मंगलसेनमा संस्थाको छैटौं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उक्त जाँनकारी दिईएको हो ।
१ सय ६ महिला र ४ सय ९४ जना पुरुष गरि जम्मा ६ सय शेयर सदस्य बाट सस्थाले ३ करोड ७४ लाख ६८ हजार ३ सय ६३ रकम बचत सकलन गरेको र सस्था मार्फत बिशेष साना तथा मझौला ब्यापार, कृषि तथा तरकारी खेति, आकस्मिक कर्जा र शिक्षा तथा स्वास्थ्य कर्जा गरि जिल्लामा बिशेष गरि ४ क्षेत्रमा लगानि गरिरहेको सहकारी ब्याबस्थापक गणेश ढुगाँनाले बताए ।
सहकारीको २६ लाख ७८ हजार ८ सय कुल चुक्ता शेयर पुँजि, १ करोड ९३ लाख ३७ हजार ७ सय ७९ कुल ऋण लगानि भईरहेको सहकारी ब्याबस्थापक ढुगाँनाले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस्तै सहकारीले छैटौं वर्ष प्रवेशको अवसरमा यस बर्षको एसएलसि परिक्षामा अछाममा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा समिक्षा ढुगाँना, छात्र प्रशान्त ढुगाँना लाई तथा उत्कृण ऋणि तुलसा बोहरा र उत्कृष्ट बचत कर्ता धर्मराज भाटलाई सम्मान समेत गरेको छ ।
सहकारी सँस्थाका अध्यक्ष देवराज जैसिको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक शाखा मगलसेनका प्रबन्धक कृष्ण प्रसाद श्रेष्ठ प्रमुख अथिती रहेका थिए ।
प्रमुख अतिथी लगायत साधारण सभामा बोल्ने अतिथीहरुले सहकारीले छैटौँ बार्षिक साधारण सभा मनाईरहदा निक्षेप सकलन, ऋण लगानि तर्फ मात्र ध्यान नदिई त्यसको सहि सदुपयोग भएको नभएको खोजि नितिमा ध्यान दिन जरुरी रहेको बताएका थिए ।
हाल सहकारीले जिल्लाका मँगलसेन, ओलिगााउ, तिमिल्सैन, जनावण्डाली र बयाला गरि ५ गाबिस मात्र कार्यक्षेत्र बनाई काम गरिरहेकाले आगामि दिनमा अछामका मुख्य मुख्य बजारमा कामको थालनि गर्नु पर्नेमा सहभागिको जोड थियो ।
कार्यक्रममा सहकारीको आगामि रणनिति, हाल सम्मको प्रगति प्रतिबेदन अध्यक्ष देवराज जैसिले प्रस्तुत गरेका थिए ।