र्‍याण्डममा अाहुतिकाे ‘गहुँगोरो अफ्रिका’

र्‍याण्डममा अाहुतिकाे ‘गहुँगोरो अफ्रिका’

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

रुपिन्द्र प्रभावी,पोखरा ।

र्‍याण्डम रिडर्स सोसाइटी अफ् नेपालले यस पटक ‘गहुँगोरो अफ्रिका’सँगै यसका लेखक अाहुतिलार्इ पाेखरामा पाठक माझ उभ्याएकाे छ ।

प्रत्येक मिहनाकाे अन्तिम शनिबार जस्तै यस पटक अाहुतिकाे ‘गहुँगोरो अफ्रिका’काे परिचर्चा गरेकाे हाे । गहुँगाेराे अफ्रिकामा रहेका कविता र अाहुतिकाे विचारका विषयमा छलफल भए । समालाेचक स‌ङ्गीत स्राेताले पुस्तककाे परिचर्चा गरे ।

कार्यक्रममा साहित्यकार तथा राजनीतिज्ञ आहुतिले कलाका निम्ति कला भन्ने मान्यता राख्नु एक्काइसौँ शताब्दीको मूर्खता भएको बताए ।प्रगतिशील रचनाहरुलाई नारा भन्ने मतको उनले खण्डन गरे । उनले कविता बनाएर नारा प्रयोग गर्नुलाई गलत रुपमा बुझ्न नहुने जिकिर गरे ।

समाजशास्त्रीय अध्ययनमा समेत लागेका कवि आहुतिले वर्तमान व्यवस्थाकै विकल्प खोजे मात्र समाज सही दिशामा अघि बढ्ने बताए । कविले जीवनभर लेखेका कवितामध्ये केही कविता मात्र उत्कृष्ट हुने भन्दै उनले भ्रमको खेतीमाथि ह्याम्बर हान्नका लागि सामाजिक कार्यका रुपमा आफूले साहित्य लेखेको प्रष्ट पारे । 

कृतिको परिचर्चा गर्दै युवा साहित्यकार तथा पत्रकार सङ्गीत स्रोताले आहुतिका कविता क्रान्तिकाे राँको भएको बताउँदै यिनले छुवाछुतका विरुद्ध आगो बाल्ने दाबी गरे ।

‘सामाजिक उत्तरदायित्वबोध गरेर लेखिएका कविताको सङ्ग्रह नै गहुँगोरो अफ्रिाका हो’, सङ्गीतले भने, ‘गहुँगोरो अफ्रिका’का कविता सत्ताको राजनीतिलाई वैधता दिने ‘कला कलाका लागि’ जमिनका कविता होइनन् । नयाँ घर, स्खलनलगायत उपन्यास तथा दलन टेलिशृङ्खलाको लेखक आहुतिका कविताले परम्परागत साहित्यिक मान्यतालाई भत्काउने दाबी गरे । 

कार्यक्रम तथा सोसाइटीका अध्यक्ष गनेस पौडेलले कविताप्रतिको प्रेम घटेको भन्नु भ्रम मात्र भएको बताउँदै कविताको मूल्य कहिल्यै नघट्ने दाबी गरे ।

पोखरेली पाठकहरुमा कविताप्रतिको प्रेम देखेर र यसको महत्त्वबोध गरेर नै र्‍याण्डमले निरन्तर दुई शृङ्खलासम्म कविताकै चर्चा गरेको पौडेलले बताए । सोसाइटीले यसअघि कवि मुनाराज शेर्माको कवितासङ्ग्रह ‘शब्दहरुको याक्सा’को परिचर्चा गरेको थियो ।

सोसाइटीका सहसचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा दीपक पराजुली, अजय अनमोल, नेपालप्रकाश अधिकारी, डा. तारा बराललगायतले टिप्पणी गरे ।  

हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सोसाइटीको आगामी वैशाखको कार्यक्रममा नरेन्द्रराज पौडेलको ‘सिडिओका १७ वर्ष’ कृतिमाथि डा. खगेन्द्रप्रसाद लुइँटेलले परिचर्चा गर्ने सदस्य सुरेश रानाभाटले जानकारी दिए । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी