तरकारीमा विषादी प्रयोग १५ प्रतिशतले घट्यो

तरकारीमा विषादी प्रयोग १५ प्रतिशतले घट्यो

  • शुक्रबार, चैत्र २७, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

चितवन, २७ चैत ।

चितवनमा तरकारीबालीमा विषादीको प्रयोग घटेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार १५ देखि २० प्रतिशतले तरकारीमा विषादीको प्रयोग घटेका छन् ।

विषादीसम्बन्धी हेर्दै आएका कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेले रासायनिक विषादीको प्रयोग घटाएर किसान जैविक विषादीतर्फ आकर्षित भएको पाइएको बताउनुभयो । जिल्लामा जैविक विषादीको उद्योग समेत सञ्चालन हुन थालेका छन् ।

गएको वर्षको तथ्याङ्कमा चितवनमा खाद्यान्न बालीमध्ये सबैभन्दा बढी तरकारीमा विषादी प्रयोग हुने गरेको पाइएको छ । विभिन्न एग्रोभेटले समेत किसानहरुले विषादीको माग कम गरेको र लानै परेपछि कृषि विज्ञको सुझावको आधारमा लाने गरेको बताएको छ ।

अघिल्लो वर्ष सार्वजनिक तथ्याङ्कअनुसार प्रयोग भएका विषादीमध्ये तरकारीमा मात्रै करिब ९० प्रतिशत विषादी प्रयोग हुने गरेको थियो ।

काठमाडाँैमा ल्याव मै राखेर विषादी परीक्षण हुन थालेपछि किसान समेत सचेत भएका वाग्लेले बताए । मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले चितवनमा विभिन्न चेतनामूलक कार्यक्रम गरी विषादी न्यूनीकरणको प्रयास थालिएको कृषि कार्यालयले जनाएको छ ।

यहाँ प्राङ्गारिक कृषि खेतीलाई प्रोत्साहन गरिएको र करिब २०० किसान यसमा सक्रिय रहेको बाली संरक्षण अधिकृत वाग्लेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी