पर्यटक बढाउन जापानमा -याली गरिँदै

पर्यटक बढाउन जापानमा -याली गरिँदै

  • शुक्रबार, चैत्र २७, २०७१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जापान, २७ चैत ।

नेपालमा पर्यटक आगमन दर बढाउन टोकियोमा आगामी आइतबार बृहत् -याली गरिने भएको छ । -यालीमार्फत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह हुने र यसबाट जापानका पर्यटक नेपाल घुम्न जाने विश्वास लिइएको छ ।

नेपाल साच्चीकै घुम्न लायक मुलुक हो भन्ने सही सन्देश विश्वभर फैलाउने उद्देश्यले जापानमा क्रियाशील दुई संस्था नेपाल जापान युथ क्लब र वि फ अल नामक सस्ंथाको संयुक्त आयोजनामा टोकियोको दोस्रो ठूलो बजार शिबुया स्टेसनबाट ¥याली गर्न लागिएको हो ।

नगरपालिका र स्थानीय प्रहरीको अनुमतिसहित ¥यालीको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्थाका अभिषेक सुवेदीले दिए ।

सुवेदीले भन्नुभयो, “पटक पटक धावा बोल्दै गौतमबुद्ध आफ्नो भूमिमा जन्मेको भन्ने भारतको गलत सन्देशलाई यस प्रकारका -यालीले चिर्नेछ ।”

-यालीमा नेपाली, जापानीसहित यहाँ बसोवास गर्ने व्यक्तिहरुको सहभागिता हुने आयोजकले जनाएको छ । गत वर्ष पनि यहाँ यस्तै -याली आयोजना गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी