काठमाडौं २७ चैेत ।
बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको फ्यान्टाका झन्डै १० हजार बोतलमा मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य कालो लेदो पदार्थ भेटिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार गरेको अनुगमनका क्रममा डेढ लिटरका नौ हजार आठ सय ५२ वटा फ्यान्टाको बोतलमा अखाद्य पदार्थ भेटिएको हो।
विभागका अनुसार दुई दिनअघि एक उपभोक्ताले पसलबाट खरिद गरेको डेढ लिटरको फ्यान्टाको बोतलभित्र पिँधमा कालो लेदो पदार्थ जमेको भेटेका थिए।
त्यसपछि उनले उक्त बोतलसहित विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल बोलटर्स लिमिटेडको कारखानामा बिहीबार छड्के निरीक्षण गरेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline