कपिलवस्तुमा थप ३९ विद्यालयलाई अनुमति

कपिलवस्तुमा थप ३९ विद्यालयलाई अनुमति

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कपिलवस्तु, ५ वैशाख ।

कपिलवस्तु जिल्लामा पछिल्लो पटक थप ३९ विद्यालयले सञ्चालन अनुमति पाएका छन् । जिल्ला शिक्षा समितिले प्रावि, निमावि, मावि र गुठी संस्थान सञ्चालन गर्न सो अनुमति दिएको हो ।

शिक्षा समितिको बैठकले सामुदायिक र संस्थागत गरी २० वटा प्रावि, १३ वटा निमावि, छ वटा मावि र एक गुठी संस्थालाई अनुमति दिएको सहायक जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले बताए ।

अनुमति पाउनेमा सामुदायिक प्रावि तीन, संस्थागत १६, सामुदायिक निमावि पाँच, संस्थागत आठ तथा सामुदायिक मावि एक र संस्थागत पाँच मावि छन् ।

प्रावि र निमावि सञ्चालनका लागि समितिको निर्णयअनुसार शिक्षा कार्यालयले अनुमति दिने प्रावधान रहेको छ ।

मावि सञ्चालनका लागि क्षेत्रीय कार्यालय पोखरामा सिफारिस गरी पठाइएको छ । शिक्षा ऐन, २०२८ को दफा ३ र नियमावलीअनुसार जिल्लामा विद्यालय सञ्चालनका लागि अनुमति दिइएको हो ।

विद्यालय सञ्चालनका लागि कुल १०३ प्रस्ताव आएको थियो ।

यता जिल्ला शिक्षा अधिकारी हरिप्रसाद गौतमले विद्यालय निरीक्षक र स्रोत व्यक्तिले विद्यालयको निरीक्षण गरी शिक्षामा पेस गरेका सुझावअनुसार शिक्षा समितिले सो अनुमति दिएकोे बताए ।

नयाँ अनुमतिसँगै जिल्लामा ४२८ सामुदायिक र १२२ संस्थागत विद्यालय भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी