काठमाडौं ४ बैशाख ।
नेपालमा पहिलो पटक हस्तलिखित पुस्तक प्रकाशित भएको सुन्दा जो कसैलाई अचम्म लाग्न सक्छ । हाम्रो एकेडेमीका अध्यक्ष दिपक बहादुर बुढाले पहिलोचोटि नेपालमा हस्तलिखित पुस्तक प्रकाशन गरेको जानकारी डबली न्यूजलाई प्राप्त भएको छ ।
४ पाने रंगिन हस्तलिखित पुस्तकमा नेपाली तथा अंगेजीका सबै वर्ण सहित अंकहरुपनि अत्यन्त सुन्दर हस्तलेखन गरिएको छ ।
नेपाली तथा अंग्रेजी हस्तलेखन सजिलै सिक्न सकिने विधि समेत उल्लेख गरिएको उक्त पुस्तकका केही अनौठा विशेषता रहको कुरा लेखक यसरी बताउछन्।
यो पुस्तिका किनेपछि अन्य कापी, पेन्सिल, इरेजर र कटर किन्न पर्दैन । हाल लाखौं अभिभावकहरु आफना छोराछोरीहरुलाई पेन्सिल, कापी, इरेजर र कटर किनेर हैरान भएका छन यो समस्याबाट मुक्ति पाइन्छ ।
यो पुस्तिकामा लेखिएका कुनै पनि अक्षरहरु कम्प्यूटरबाट सापटी लगिएका छैनन् पूर्ण रुपले हातले लेखिएका छन् । यो पुस्तिकामा नेपाली, अंग्रेजी र अंकहरु सजिलै सिक्न सकिने विधि पनि उल्लेख गरिएको छ ।
कापी, पेन्सिल, कटर र इरेजर वर्षभरि किन्दा लाग्ने खर्चको झण्डै दश गुणा सस्तो मूल्यको छ । यो पुस्तिकामा सबै अंग्रेजी र नेपालीका अक्षरहरु लाखौंपटक लेख्दा पनि यो पुस्तिकाका पानाहरु सकिदैनन् ।