मापसे गरी सवारी चलाउनेको कारबाहीबाट नौ लाख राजस्व सङ्कलन

मापसे गरी सवारी चलाउनेको कारबाहीबाट नौ लाख राजस्व सङ्कलन

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

चितवन, २५ चैत ।

प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९३४ वटा सवारीलाई कारबाही गरेको छ ।

उक्त कारबाहीबाट रु नौ लाख ३५ हजार राजस्व सङ्कलन गरिएको कार्यालयका प्रमुख रमेशराज भेटवालले बताउनुभयो । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।

कुल ८१२ वटा मोटरसाइकल कारबाही गर्दा रु आठ लाख १२ हजार राजस्व सङ्कलन भएको भेटवालले बताउनुभयो ।

अघिल्लो वर्षभरिको कारबाही सङ्ख्याभन्दा अहिले नौ महिना नसकिँदैको कारबाही सङ्ख्यामा वृद्धि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गएको आवमा चितवनमा कुल ८२६ सवारीलाई कारबाही गरिएको र रु आठ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो ।

यो वर्षको अहिलेसम्म सबैभन्दा बढी ८१२ वटा मोटरसाइकल, १७ वटा ट्रक, आठ वटा बस, कार जिप ६९ वटा, ट्र्याक्टर २४ वटा र ट्याम्पो चार वटा कारबाहीमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी