स्काइ प्रो प्रविधिको इन्टरनेट नछोड्दा सेवाग्राही मर्कामा

स्काइ प्रो प्रविधिको इन्टरनेट नछोड्दा सेवाग्राही मर्कामा

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

जाजरकोट, २५ चैत ।

जाजरकोटको पूर्वी क्षेत्रमा रहेका १५ गाविसका स्थानीय इन्टरनेट नहुँदा मर्कामा परेका छन् । नेपाल टेलिकमको स्काइ प्रो प्रविधिको इन्टरनेट सेवा बन्द गर्दा यहाँका स्थानीय मर्कामा परेका हुन् ।

यहाँका करिब ३०० विद्यालय, दर्जनभन्दा बढी मनिटान्सफर आइएमई, सञ्चारकर्मीलाई इन्टरनेट नहुँदा समस्यामा परेका हुन् ।

नेपाल टेलिकमले जिल्लाका सबै ठाउँमा यो प्रविधि जडान गरे पनि सञ्चालनमा नल्याउँदा सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट नहुँदा सामान्य कामका लागि पनि सदरमुकाम आएर हजारौँ खर्च गर्नुपर्ने त्रिभुवन उच्च मावि खगेनकोटका प्राचार्य नारायणबहादुर सिंहले बताएका छन् ।

यो क्षेत्रमा स्काइ प्रविधिको फोन सेवा मात्र सञ्चालनमा रहेको छ । नेपाल टेलिकम जाजरकोटका प्रमुख हरिजंग शाहले स्काइ प्रो इन्टरनेटका लागि क्षेत्रीय कार्यालय नेपालगन्जले काम गर्नुपर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी