दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

कर्णाली, ११ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत महिला क्रिकेटतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै आर्मी क्बल सेमिफाइनल प्रवेश गरेको हो । कर्णाली भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो ।

सुर्खेत वीरेन्द्रनगरस्थित कालुञ्चोक क्रिकेट मैदानमा आज भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टोलीका सदस्य आर्मी क्लबका सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाउनुभयो । उहाँले १० चौका प्रहार गर्नुभयो ।

त्यस्तै, यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहनुभयो । आर्मीकी बिन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थप्नुभयो । आर्मीले २० रन अतिरिक्त पाएको थियो । कर्णालीका बलर गङ्गा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट दिनुभयो ।

खेलमा १३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिममा ब्याटिङ गर्न आएका कर्णालीका जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अङ्क छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाउनुभयो । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाउनुभएको थियो ।

कर्णालीलाई सहजै समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएकी मनिषाले जम्मा १० रन मात्रै दिनुभयो ।

यस्तै, यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेर्डन राखेर तीन विकेट लिनुभयो भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिनुभयो । लक्ष्मी साउदका नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ