बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

झापा, १० मङ्सिरः झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बिहान भएको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले उक्त निर्णय गरेको हो । यस वर्ष झापाबाट कुल १२ हजार क्विन्टल धान खरिद गरिने छ । सोना मन्सुली (मध्यम) धान आठ हजार क्विन्टल र रञ्जित मन्सुली धान चार हजार क्विन्टल खरिद गर्ने लक्ष्य छ ।

दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ८६० निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत धान खरिद गरिनेछ ।

स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र कृषकलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । धान खरिदबिक्री गर्ने कार्यमा स्वस्फूर्त सहभागिता जनाउन प्रजिअ पोखरेलले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ