सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

  • शनिबार, मंसिर ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

सुदूरपश्चिम, ५ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा उहाँले समाजलाई सकारात्मक दिशामा अघि बढाउन नयाँ दर्शन, विचार र सदाचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको र यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रसंशा गर्नुभयो । उहाँले समाज रूपान्तरण, शान्ति, सदाचार र सामाजिक सद्भावका लागि यस संस्थाले पुर्‍याउँदै आएको योगदानबाट अरुले पनि शिक्षा लिनुपर्ने बताउनुभयो ।

“समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “सरकार, सरोकार भएका निकाय र धार्मिक तथा आध्यात्मिक संस्थाले आफ्नो दायित्व निर्वाह गरे समाज विकासमा सकारात्मक टेवा पुग्नेछ ।”

उहाँले प्रदेश सरकारले स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसार विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई अझ सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले समाजमा बढ्दै गएको बेचैनी, अशान्ति र असहिष्णु प्रवृत्तिलाई आध्यात्मिक जागरणका माध्यमबाट निरुत्साहित गर्न सकिने बताउनुभयो । यस कार्यमा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयलगायत धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ