चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः प्रचण्ड

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः प्रचण्ड

  • शनिबार, मंसिर ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

भक्तपुर, ५ मङ्सिरः नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मध्यपुर थिमीस्थित मध्यपुरथिमीमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उहाँले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिनुभयो ।

संयोजक प्रचण्डले भन्नुभयो, “अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन ।”

पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुभयो ।

पार्टीका कार्यक्रमलाई विगतझैँ भद्दा र लामो नबनाइ चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उहाँले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ