‘अर्नब’ चक्रवात कमजोर: नेपालमा तीव्र हावाहुरीको सम्भावना टर्यो, हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह

‘अर्नब’ चक्रवात कमजोर: नेपालमा तीव्र हावाहुरीको सम्भावना टर्यो, हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • बिहिबार, कार्तिक १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवात ‘अर्नब’ कमजोर भई हाल ‘बलियो न्यून चापीय क्षेत्र’को रूपमा रहेको विभागले स्पष्ट पारेको छ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त चक्रवातको प्रभावका कारण देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि शक्तिशाली अवस्थामा जस्तो डरलाग्दो हावाहुरी चल्ने सम्भावना भने छैन। अन्य क्षेत्रको तुलनामा पूर्वी भूभागमा केही भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यस मौसमी प्रणालीको प्रभाव मुख्यतया बिहीबार बेलुकादेखि शनिबारसम्म रहने बताइएको छ। वरिष्ठ मौसमविद् पोखरेलले बिहीबार साँझदेखि हिमपात सुरु हुने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्।

साथै, जोखिमपूर्ण, पहिरो गइरहने र कच्ची सडक खण्डहरूमा यात्रा गर्दा सजगता अपनाउनुपर्ने भए पनि राम्रा र व्यवस्थित राजमार्गहरूमा भने डराउनुपर्ने अवस्था नरहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ