काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास रहेका छन्।
हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको सूक्ष्म प्रोफाइलिङ (सुराकी तथा निगरानी) गर्ने क्रममा मङ्गलबार लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बाटिक एयरको उडानबाट काठमाडौँ ओर्लिएका उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका थिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता जीवन निरौलाले जानकारी दिएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline