एनपिएल: आज त्रिवि मैदानमा दुई रोमाञ्चक खेल हुँदै

एनपिएल: आज त्रिवि मैदानमा दुई रोमाञ्चक खेल हुँदै

  • मङ्लबार, कार्तिक १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

कात्तिक ११, काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुईवटा प्रतिस्पर्धात्मक खेलहरू हुँदैछन्। स्टार खेलाडीहरूको उपस्थिति र पुराना नतिजा सुधार गर्ने दाउमा रहेका टिमहरूका कारण आजका खेलहरू थप रोचक बन्नेछन्।

विराटनगर किंग्स र चितवन राइनोज
दिनको पहिलो खेलमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विश्वस्तरीय विदेशी खेलाडीहरू रहेका छन्। अघिल्लो सिजनको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा लुम्बिनीसँग पराजित हुँदै फाइनल पुग्न चुकेको किंग्स यसपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

उता, अघिल्लो सिजनमा प्लेअफ नपुगी बाहिरिएको चितवन राइनोजले भने यसपटक सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीहरूलाई समेटेर टोलीलाई बलियो बनाएको छ।

जनकपुर बोल्ट्स र कर्णाली याक्स
दोस्रो खेल अपराह्न साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। पहिलो सिजनको विजेता जनकपुर दोस्रो सिजनमा भने प्लेअफसम्म पुग्न असफल भएको थियो। यसपटक मोइन अली, जिमी निसम र इफ्तिखार अहमदजस्ता बलिया विदेशी खेलाडीहरूलाई मैदानमा उतार्दै जनकपुर आफ्नो साख फर्काउन चाहन्छ।

त्यस्तै, कर्णाली याक्सले पनि डेभिड मिलर, साहिबजादा फरहान र हुसेन तलतजस्ता हस्ती खेलाडीहरू मार्फत प्रतियोगितामा बलियो चुनौती प्रस्तुत गर्ने तयारी गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ