हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

  • शुक्रबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

म्याग्दी, ६ कात्तिकः म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले सडक खुलाउन समय लागेको बताउनुभयो ।

“दसैँको समयमा आवत–जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “दसैँको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दाे एवं जोखिमरहित सडक निर्माण गर्ने योजना छ ।”

कूल २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकखण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसँै मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ