विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

  • बिहिबार, अशोज २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ, २२ असोजः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रियसभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा उक्त शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । शपथ ग्रहणपछि सभापति पौडेलले आजै विशेष समितिको बैठकसमेत राख्नुभएको छ ।

शपथ ग्रहणलगत्तै रासससँग कुरा गर्दै सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएको विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताउनुभयो । उहाँले भविष्यमा त्यस्ता विपद् आउँदा तिनको गति र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न तथ्य, तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हामी तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ”, सभापति पौडेलले भन्नुभयो, “तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं ।” उहाँले आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्याससमेत अध्ययन गरी कार्यान्वयन गर्न सकिने प्रतिवेदन तयार गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ