वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

  • बिहिबार, अशोज २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

विराटनगर, २२ असोजः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाकाअनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामजिक विकास मन्त्रालयको कामसमेत गर्ने गरी जिम्मेवारी तोकेको छ ।

प्रदेश आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी निमयमावली, २०७९ को नियम १११ बमोजिम मोरङको प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा बसेको मिनाह सिफारिस समितिले निर्णय गरेर कोशी प्रदेशसभा सचिवालय जेनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति मिनाह गर्ने निर्णय भएको प्रवक्ता मन्त्री शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयक तर्जुमा सिद्धान्त स्वीकृत गर्ने र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत निकायका आव २०८३/८३ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ