जलवायु सङ्कटविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता: टुभालुमा आयोजित ‘प्रि-कोप’मा परराष्ट्रमन्त्री खनाल, हिमाली र टापु राष्ट्रको साझा सरोकार उजागर

जलवायु सङ्कटविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता: टुभालुमा आयोजित ‘प्रि-कोप’मा परराष्ट्रमन्त्री खनाल, हिमाली र टापु राष्ट्रको साझा सरोकार उजागर

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

२० असोज, २०८३ (६ अक्टोबर, २०२६)
काठमाडौँ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (UNFCCC) को आगामी ३१औँ सम्मेलन (कोप-३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलसहित सहभागी हुनुभएको छ।

विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँगै कार्यक्रममा सहभागी हुनुभएका मन्त्री खनालले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले भोगिरहेका साझा चुनौतीबारे नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो। कार्यक्रमका दौरान उहाँले टुभालुका प्रधानमन्त्री फेलेटी तेओ, टोङ्गाका प्रधानमन्त्री लर्ड फाकाफानुआ र मौरिससका राष्ट्रपति धरमवीर गोखुलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

भेटवार्ताहरूमा हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमक्षय र साना टापु राष्ट्रहरूमा समुद्री सतह वृद्धिको अन्तरसम्बन्धबारे गहन छलफल भएको छ। मन्त्री खनालले हिमालय र प्रशान्त महासागरीय टापु राष्ट्रहरूको जलवायु भविष्य परस्पर जोडिएको उल्लेख गर्दै हानि-नोक्सानी कोष (Loss and Damage Fund) को प्रभावकारी कार्यान्वयन र जलवायु वित्तका प्रतिबद्धताहरू न्यायोचित रूपमा पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ।

टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टको स्थलगत अवलोकनका क्रममा नेपाली प्रतिनिधिमण्डलले समुद्री तटीय संरक्षणका प्रविधिहरूबारे जानकारीसमेत लिएको छ। टुभालुमा नेपालको यो उच्चस्तरीय सहभागिताले जलवायु न्याय र पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षणमा नेपालको अडानलाई विश्वमञ्चमा थप मजबुत बनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ