विश्व बैंकसँग रणनीतिक वार्ता: विपद् पुनर्निर्माण र अर्थतन्त्र सुधारका लागि १ अर्ब डलर सहयोग माग्दै अर्थमन्त्री वाग्ले

विश्व बैंकसँग रणनीतिक वार्ता: विपद् पुनर्निर्माण र अर्थतन्त्र सुधारका लागि १ अर्ब डलर सहयोग माग्दै अर्थमन्त्री वाग्ले

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

२० असोज, २०८३ (६ अक्टोबर, २०२६)
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्लेले विश्व बैंकको मुख्यालयमा अध्यक्ष बाङ्गासँग भेट गर्नुभएको हो।

भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट क्षति भएका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा घनीभूत छलफल गर्नुभयो।

अर्थमन्त्रीको सचिवालयका अनुसार विश्व बैंकका अध्यक्ष अजय बाङ्गाले नेपालमा बाढी विपद्‌बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणको क्षेत्रमा उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उहाँले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्नेसमेत जानकारी दिनुभयो।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबिच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। उक्त महत्त्वपूर्ण भेटघाटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ