कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिनुभयो शुभकामना

कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिनुभयो शुभकामना

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिनुभएको छ ।

कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इण्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले शुभकामना दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिनुभएको छ ।

एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट कांग्रेसलाई शुभकामना दिनुभएको छ । इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) स्ट्यान्डिङ कमिटी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ ।

कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित आजदेखि १५औँ महाधिवेशन सुरु गरेको हो । महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ