उच्चस्तरीय भेटवार्ताका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री बेसेन्ट र विश्व बैंकका अध्यक्ष बङ्गासँग भेट्ने

उच्चस्तरीय भेटवार्ताका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री बेसेन्ट र विश्व बैंकका अध्यक्ष बङ्गासँग भेट्ने

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

१८ असोज, २०८३ (४ अक्टोबर, २०२६)
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिकाको वासिङ्टन डीसी पुग्नुभएको छ। वासिङ्टन डीसीस्थित डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरन र दूतावासका उच्च पदाधिकारीहरूले औपचारिक स्वागत गर्नुभएको छ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री (सेक्रेटरी अफ द ट्रेजरी) स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। छलफलका क्रममा नेपाल-अमेरिका द्विपक्षीय सहयोग अभिवृद्धि, भूकम्प तथा बाढीपछिको पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट बहिर्गमन र मुलुकको बृहत् आर्थिक सुधारका विविध पक्षमा गहन कुराकानी हुनेछ।

यसैगरी हालै भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप वित्तीय सहायता परिचालन गर्ने विषयमा पनि विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग छलफल गरिनेछ। भ्रमणका क्रममा सडक, विद्युत् प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माणमार्फत देशभित्रै रोजगारी र नयाँ आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार र निजी क्षेत्रको लगानी आकर्षित गर्ने पहल मुख्य प्राथमिकतामा रहेको छ।

आफ्नो साताव्यापी भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग समेत उच्चस्तरीय छलफल गर्ने कार्यतालिका रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ