नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुलामञ्चमा सुरु हुँदै, दिउँसो २ बजे भव्य उद्घाटनको तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुलामञ्चमा सुरु हुँदै, दिउँसो २ बजे भव्य उद्घाटनको तयारी

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

१८ असोज, २०८३ (४ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार) दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा भव्य रूपमा उद्घाटन हुँदै छ। महाधिवेशनको औपचारिक उद्घाटनका लागि पार्टीले निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाएको छ। यदि निवर्तमान सभापति देउवा उद्घाटन समारोहमा अनुपस्थित रहेमा पार्टी सभापति गगन थापाले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ।

महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्न कांग्रेसले स्वदेशी तथा विदेशी राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूको उपस्थिति रहने कांग्रेसले जनाएको छ।

यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी हुने उहाँको सचिवालयले पुष्टि गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ। एमाले प्रवक्ता निरज आचार्यका अनुसार कांग्रेसको महाधिवेशनमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सहभागिता जनाउनुहुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ