सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ, १६ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले गत अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश ल्याएको, चालु अधिवेशनमा सभामुखको निर्देशन पालना नभएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाउनुभयो । उपनेता हमालले सरकारले गरेका घोषणा, प्रतिबद्धता, कार्यक्रम र बजेटमाथि समीक्षा हुनुपर्ने र लोकतान्त्रिक विधि प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सेवा प्रवाहमा प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उहाँले सुशासनसहित जनजीविकाका क्षेत्रमा पनि अपेक्षा गरेअनुसार काम नभएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ