प्रतिनिधिसभाः मेडिकल कलेजमा विद्यार्थीका समस्यादेखि सडक दुर्घटनासम्मका विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः मेडिकल कलेजमा विद्यार्थीका समस्यादेखि सडक दुर्घटनासम्मका विषयमा ध्यानाकर्षण

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौँ, १६ असोजः प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले वीरगञ्जस्थित मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाको विषय उठाउनुभएको छ ।

बैठकमा सांसद सांसद रहबर अन्सारीले वीरगञ्जस्थित मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्काे शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन माग गर्नुभयो ।

सांसद क्षितिज थेबेले मध्यवर्ती क्षेत्रको बफरजोनका बासिन्दाको दैनिकी सङ्घर्षमय भएकाले बफरजोन क्षेत्र हटाउनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो ।

सांसद रविन महतोले सर्लाहीका एक बालक विद्युतीय तारमा करेन्ट लागेर गम्भीर घाइते भएकाले निःशुल्क उपचार र परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद धनेन्द्र कार्कीले पछिल्लो समय सडक दुर्घटना बढ्दो रुपमा भएको पाइएकाले यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गर्नुभयो ।

बैठकको प्रारम्भमा समय माग गरेर सांसद धु्रवराज राईले यस अधिवेशनका नराम्रा प्रवृत्ति आगामी अधिवेशनमा नदोहोरियोस् र प्रतिपक्षका आवाजको सुनुवाइ होस् भनी आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ