नेपाली कांग्रेस देउवा समूहद्वारा ७७ वटै जिल्लामा महाधिवेशन संयोजक मनोनीत: असोज १५ देखि वडा अधिवेशन सुरु गर्ने दाबी

नेपाली कांग्रेस देउवा समूहद्वारा ७७ वटै जिल्लामा महाधिवेशन संयोजक मनोनीत: असोज १५ देखि वडा अधिवेशन सुरु गर्ने दाबी

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

१४ असोज, २०८३ (३० सेप्टेम्बर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि देशका ७७ वटै जिल्लामा संयोजकहरू तोकेको छ। देउवा पक्षीय १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला संयोजकहरूको नामावली सार्वजनिक गर्नुभएको हो।

तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा बसेको बैठकको निर्णयअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरू आफ्नो पक्षमा रहेको जिल्लामा उहाँहरूलाई नै निरन्तरता दिइएको छ भने सभापति संस्थापन (विशेष) पक्षतिर लागेका जिल्लाहरूमा नयाँ संयोजक तोकिएको छ। मनोनीत संयोजकहरूलाई जिल्लाभित्रका वडा, पालिका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

देउवा पक्षले केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको आधिकारिक महाधिवेशन कार्यतालिकाभन्दा फरक आफ्नै छुट्टै अधिवेशन तालिका अनुसार अघि बढ्ने जनाएको छ। जसअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, असोज २० मा पालिका, असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र तथा क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गर्ने दाबी गरिएको छ। सो समूहले केन्द्रीय महाधिवेशन भने मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका अघि सारेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ